I
२२ कात्तिक, काठमाडौं। घिउको अभाव टार्न बटर आयात खोल्न माग: सीताराम गोकुल मिल्क्सको आपूर्ति ६५% ले घट्यो: केडिया चाडपर्वको समयमा घिउको माग उच्च भए पनि स्वदेशी डेरी उद्योगले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । दूध उत्पादन अपेक्षित रूपमा नबढ्नु र सीमाबाट हुने अनौपचारिक आयात नियन्त्रणमा आउनुले घिउ तथा बटरको आपूर्तिमा दबाब परेको उद्योगीले बताएका छन् […] The post नेपालमा घिउ र बटरको चरम अभाव: उद्योग बचाउन अस्थायी रूपमा आयात अनुमति दिन डेरी व्यवसायीको आग्रह appeared first on ICT Frame.
I
२१ कात्तिक, काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । शनिबार काठमाडौंमा आयोजना भएको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय […] The post जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन…
I
२१ कात्तिक, काठमाडौं। नेपालमा बढ्दो साइबर ठगी तथा वित्तीय अपराधलाई नियन्त्रण गर्न नेपाल सरकारले एकै ठाउँबाट सेवा दिने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Cyber Scam Response Center) सञ्चालनमा ल्याएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष कार्यक्रमका बीच यो केन्द्रको औपचारिक सुरुवात गरिएको हो। नेपाल सरकारको निर्णय […] The post एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा: २४ घण्टा उजुरीका लागि १२४७ मा सम्पर्क…
I
२० कात्तिक, काठमाडौं। विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ […] The post एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर…
I
२० कात्तिक, काठमाडौं। कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘RISE TO RULE’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको […] The post ‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न…
I
२० कात्तिक, काठमाडौं। टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य […] The post नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो…
I
१९ कात्तिक, काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार […] The post नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत appeared first on…
I
१९ कात्तिक, काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा सकारात्मक तथा सौहार्दपूर्ण संवाद […] The post उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता…
I
१९ कात्तिक, काठमाडौं। एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्याङ्कको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जोड दिइन्। एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्याङ्कलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्। चिकित्सकको […] The post एन्टिबायोटिकको…
I
१९ कात्तिक, काठमाडौं। पहाडी क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न सहर विकास गरी बसाइँसराइ रोक्ने उद्देश्यले सरकारले अघि बढाएको नयाँ सहर निर्माणको योजना बजेट अभावका कारण प्रतिवेदनमै सीमित भएको छ । मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर आसपासमा १० आधुनिक सहर निर्माण गर्ने योजनाबाट सुरु भएको अहिले देशव्यापी कार्यक्रमका रुपमा विस्तार भएर ५४ सहर पुगेपनि अधिकांश स्थानमा पूर्वाधार […] The post नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन appeared first on ICT…
I
१९ कात्तिक, काठमाडौं। द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने। लक्जरी हस्पिटालिटी सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड द पोस्टकार्ड होटल चौथो देशमा विस्तार हुने क्रममा छ। चितवन राष्ट्रिय निकुञ्जको अनुपम प्राकृतिक सौन्दर्य नियाल्न सकिने राप्ती नदी किनारमा अवस्थित २२ कोठा तथा सुइटसहितको यो लक्जरी […] The post चितवनमा लक्जरी हस्पिटालिटी! राप्ती किनारमा ‘द पोस्टकार्ड’ सञ्चालनमा appeared first on ICT Frame.
I
१९ कात्तिक, काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । उनकाअनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले […] The post बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात appeared first on ICT…
I
१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भाद्र २ गते बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षको अन्योलपछि प्राधिकरणले पूरा चार वर्षका लागि स्थायी कार्यकारी […] The post नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि appeared…
I
१९ कात्तिक, काठमाडौं। सरकारले नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नयाँ अध्यक्षका रूपमा चयन गरेको हो। अध्यक्ष पदमा नियुक्तिपछि बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा […] The post नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त: अर्थमन्त्री डा. स्वर्णिम…
I
१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष (Deposit and Credit Guarantee Fund – DCGF) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कोषको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त […] The post निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त…
I
१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको आगामी कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। नेप्सेको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको […] The post नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी…
I
१५ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो । महासंघका अनुसार […] The post मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने appeared first on ICT…
I
१५ कात्तिक, काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले […] The post रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने appeared first on ICT…
I
१५ कात्तिक, काठमाडौं। नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा नेपा एपको नयाँ अपडेटमा नेपाली ओसीआर, अस्पतालको खाली बेड, ब्लड बैंक, वाटर रिमाइन्डर, तरकारी तथा इन्धनको मूल्य र लोकसेवाका सूचनालगायत दैनिक जीवनका उपयोगी डिजिटल सेवाहरू समेटिएका छन्। नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल […] The post नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए appeared first on…
I
१५ कात्तिक, काठमाडौं। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म […] The post भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने appeared first on ICT…
I
१५ कात्तिक, काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ। बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब […] The post मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल appeared first on ICT Frame.
I
१५ कात्तिक, काठमाडौं। भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह नेपालसँग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिने क्षमता भए पनि हवाई कनेक्टिभिटी, पूर्वाधार र सरकारी नीतिको अभावमा १२ लाख मात्रै भित्र्याउन सकिएको होटल संघ नेपाल (HAN) का अध्यक्ष विनायक शाहले बताएका छन्। पोखरा र भैरहवा विमानस्थल […] The post नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : अध्यक्ष–होटल संघ नेपाल विनायक शाह appeared first on ICT Frame.
I
१४ कात्तिक, काठमाडौं। एनपीएल:विराटनगरकाे पहिलाे जित,सुदूरपश्चिमकाे दाेस्राे हार राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे। सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ […] The post एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित appeared…
I
१४ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको वर्षाबाट प्रभावित खेल अन्ततः सञ्चालन हुने भएको छ। मैदानको स्थितिलाई लिएर उत्पन्न विवाद साम्य भएपछि दुवै टोली ५-५ ओभरको खेल खेल्न सहमत भएका हुन्। वर्षा, असहमति र मैदानको विवाद वर्षाका कारण प्रभावित खेललाई अम्पायरहरूले छोट्याउँदै ५-५ ओभरमा खेलाउने निर्णय गरेका थिए। सुरुवाती […] The post एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने appeared first on ICT Frame.
I
१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे appeared first on ICT Frame.
I
१४ कात्तिक, काठमाडौं। एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर […] The post एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई appeared first on ICT Frame.
I
११ कात्तिक, काठमाडौं। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित […] The post सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह…
I
११ कात्तिक, काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले […] The post एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै appeared first on ICT Frame.
I
११ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ (NPL Season 3) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ (NPL Unlimited Package) सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग सिजन-३ को Official Telecom Partner (आधिकारिक टेलिकम पार्टनर) समेत रहेको नेपाल टेलिकमले नेपाली खेलकुदको प्रवर्द्धन र ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले […] The post नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’: ५९९ रुपैयाँमा प्रतिदिन ८ जीबी डाटा र ३३३…
I
१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा […] The post एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो appeared first on ICT Frame.