I
नयाँ फिचरमार्फत अभिभावकले टिन्स (किशोरकिशोरी)को स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि र पब्लिक पोस्टबारे थप जानकारी पाउनेछन्। साथै, डिजिटल सुरक्षासम्बन्धी शिक्षा प्रवर्द्धन गर्न विशेष एजुकेटर्स गाइड पनि सार्वजनिक गरिएको छ। ८ मंसिर, काठमाडौं। टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे […] The post टिकटकद्वारा किशोरकिशोरीको डिजिटल सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’…
I
८ मंसिर, काठमाडौं। एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई Excellence in Product Innovation र Excellence in Consumer Debit Cards Business – Principal Client अवार्डबाट सम्मान गरिएको हो। यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित […] The post एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान appeared first…
I
८ मंसिर, काठमाडौं। सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति […] The post महालक्ष्मी विकास बैंकद्वारा सिताराम…
I
८ मंसिर, काठमाडौं। कृत्रिम बौद्धिकता (AI) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ (Agentic AI) युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल (EC-Council) र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि. […] The post कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी…
I
८ मंसिर, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ। यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११:०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ। […] The post आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने appeared first on ICT Frame.
I
८ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् । अभियान उद्घाटन गर्दै […] The post काठमाडौं महानगरपालिकाले सुरु गर्यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट…
I
८ मंसिर, काठमाडौं। नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सफल नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण मंसिर ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले गरेको यो परीक्षणले बाढीपहिरो लगायतका प्राकृतिक विपद्को समयमा उच्च जोखिम क्षेत्रका नागरिकको मोबाइलमा एकैपटक समयमै […] The post नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम…
I
७ मंसिर, काठमाडौं। नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सम्बन्धमा। “विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System – CBS) को प्रारम्भिक प्राविधिक परीक्षण आज मिति २०८३ मङ्सिर ७ गते साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा गरिँदैछ। सूचना तथा सञ्चार मन्त्रालय, […] The post नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा…
I
७ मंसिर, काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा […] The post पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान…
I
७ मंसिर, काठमाडौं। टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो […] The post टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे…
I
४ मंसिर, काठमाडौं। टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा GLOF प्रभावित नुवाकोटका परिवारलाई २,००० थान स्टिल अल्मिराज दराज हस्तान्तरण ‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (SSS) ले हिमताल विस्फोटबाट आएको बाढी (GLOF) प्रभावित नुवाकोटका परिवारलाई २,००० थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरेको छ। राष्ट्रिय विपद् जोखिम […] The post एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६: नुवाकोटका बाढी प्रभावितलाई दीर्घकालीन पुनर्स्थापना…
I
४ मंसिर, काठमाडौं। स्वदेशी प्रविधिको बजार विस्तार र अवसरलाई नास–आईटी एक्स्पोमा गहन छलफल हुने ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ मा स्वदेशी प्रविधिको आन्तरिक बजार विस्तार, सरकारी तथा निजी क्षेत्रमा नेपाली सफ्टवेयरको प्रयोग र अमेरिकी बजार प्रवेशका अवसरबारे विशेष प्यानल छलफल हुँदैछ। ३० भन्दा बढी प्रविधि कम्पनी, कूटनीतिक नियोगका प्रतिनिधि र […] The post ललितपुरमा नास–आईटी एक्स्पो २०२६ आयोजना हुँदै, स्वदेशी प्रविधि र अन्तर्राष्ट्रिय सहकार्य मुख्य…
I
४ मंसिर, काठमाडौं। उद्योगीलाई निःशुल्क प्रविधि दिएर इँटाभट्टा रूपान्तरण गर्ने योजना उद्योगीलाई निःशुल्क प्रविधि दिएर इँटाभट्टा रूपान्तरण गर्ने योजनाअन्तर्गत हुलास इको ब्रिक्स र इनोसीएसआरले ६ करोड डलर (करिब नौ अर्ब रुपैयाँ) कार्बन वित्त परिचालन गरी देशभर ३०० केन्द्रमा प्रतिमेसिन दुई लाख डलर बराबरको प्रविधि निःशुल्क उपलब्ध गराउँदै वार्षिक तीन अर्ब वातावरणमैत्री इँटा उत्पादन गर्ने लक्ष्य […] The post उद्योगीलाई निःशुल्क प्रविधि दिएर इँटाभट्टा रूपान्तरण गर्ने योजना : हुलास इको ब्रिक्स र…
I
३ मंसिर, काठमाडौं। एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ। एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट […] The post एनसेलले एक महिनाभित्रै थ्रीजी पूणरुपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे सेवा लिन आग्रह appeared first on ICT Frame.
I
अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीलाई सहभागिताका लागि आह्वान, कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि ३ मंसिर, काठमाडौं। सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ । सन् २०२७ […] The post अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला appeared first on ICT Frame.
I
३ मंसिर, काठमाडौं। आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्राण्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ। यसअन्तर्गत […] The post आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त appeared…
I
२ मंसिर, काठमाडौं। नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नास आईटीका अध्यक्ष दिपेन […] The post नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ appeared first on ICT Frame.
I
२ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटेड आवर कल्चर, कनेक्टि्ड आवर पिपुल, इनर्जीइज्ड सिटिजन्स” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा […] The post सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न appeared…
I
२ मंसिर, काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो । प्रतिनिधिमण्डलले सीईओ […] The post पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर…
I
२ मंसिर, काठमाडौं। रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरे। सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन […] The post आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको…
I
२९ कात्तिक, काठमाडौं। प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार – एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो। यस उपलब्धिले उपभोक्ता तथा […] The post प्रोटोन ई.मास ५ ले जित्यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, नेपाली ईभी बजारमा प्रवेशको तयारी appeared…
I
२८ कात्तिक, काठमाडौं। ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराज नेपालले ‘दराज ११.११’ किनमेल उत्सव नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म विस्तार गरेको छ। तिहार र छठको अवसरमा ८०% सम्म छुट, २ करोड रुपैयाँभन्दा बढीको भौचर र ५१६ सहरमा डेलिभरी सुविधा। वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र […] The post राज ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार: ८०% सम्म छुट र २ करोडको भौचर, ६०% बढी भुक्तानी डिजिटल माध्यमबाट appeared first on ICT…
I
२८ कात्तिक, काठमाडौं। उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच भेटः नेपाली जुटमा लगाएको एन्टिडम्पिङ ड्युटीबारे छलफल, परीक्षण प्रयोगशाला स्थापना गर्न सकारात्मक उद्योगमन्त्री दीपक कुमार साह र भारतीय समकक्षी पीयूष गोयलबीच विशाखापट्टनममा भेटवार्ता सम्पन्न। नेपाली जुटमाथिको एन्टिडम्पिङ ड्युटी हटाउने र नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने विषयमा महत्त्वपूर्ण छलफल। नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह […] The post नेपाल–भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण सहमति: नेपालमै…
I
२७ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले रु. ४,९९९ मा ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट र रु. २,९९९ मा Mesh AP अफरको अवधि २०८३ पुस ३० सम्म थप गरेको छ। नेपाल टेलिकम (Nepal Telecom) ले आफ्ना ग्राहकहरूको अत्यधिक माग र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर (NT Fiber) इन्टरनेट प्याकेज तथा Mesh AP (मेस एपी) […] The post नेपाल टेलिकम (NTC) ३० एमबीपीएस एनटी फाइबर र Mesh AP अफरको म्याद पुस ३० सम्म थप appeared first on ICT Frame.
I
२७ कात्तिक, काठमाडौं। विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्नुभएको छ। उहाँले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई) […] The post विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद्…
I
२७ कात्तिक, काठमाडौं। बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि व्यक्तिगत उपलब्धिभन्दा टिमको जित नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । विपक्षीलाई १३२ रनमा रोक्न अन्य बलरको पनि उत्तिकै योगदान रहेको उल्लेख गर्दै उनले फिल्डिङमा सुधारको आवश्यकता औँल्याए र भविष्यमा नेपाली खेलाडीले आईपीएल खेल्ने आशा व्यक्त गरे । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले […] The post ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता”…
I
२३ कात्तिक, काठमाडौं। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो। नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको […] The post विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा…
I
२३ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाको दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। लक्ष्मीपूजाको दिन नगद तथा धनमाललाई देवी लक्ष्मीको प्रतीकका रुपमा पूजा गर्ने परम्परा रहे तापनि एटिएम सेवा अवरुद्ध हुँदा आवश्यक नगद जोहो गर्न गएका ग्राहकहरु मर्कामा परेका हुन्। लक्ष्मीपूजाको दिन आइतबार दिउँसो करिब ४ बजे […] The post लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द,…
I
२२ कात्तिक, काठमाडौं। नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ। तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च […] The post साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने? appeared first…
I
२२ कात्तिक, काठमाडौं। यमराजको दूत मानिने कुकुरको पूजा गरी मनाइँदै कुकुर तिहार नेपालीहरूको महान चाड तिहार अन्तर्गत यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहारको धार्मिक महत्त्व, पूजा गर्ने विधि र यसले मानव जीवनलाई दिने बफादारिता तथा निष्ठाको सन्देशबारे विस्तृत जानकारी। नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी […] The post कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व: किन र कसरी मनाइन्छ यमपञ्चकको दोस्रो दिन कुकुर पूजा? appeared first on…