XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ…

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो । ‎कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा सुरु…

कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

कुनै समय तिहारका लागि आवश्यक फूल तथा माला भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । कृत्रिम फूलमालामा प्रतिबन्ध र आयातित फूलको उपलब्धतामा कमी आएपछि स्थानीय उत्पादनको माग बढ्न थालेको हो ।

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो ।

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने आणविक परिवर्तनले पार्किन्सन्सजस्तो गम्भीर स्नायु रोगको अवस्था बिग्रँदै गएको पूर्वसंकेत दिन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्…

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । अपिहिमाल, कालीढुंगा, रिछार्दे…

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन् । चौरजहारी बेस क्याम्प र गोतामकोट…

प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका ग्रिन हाउस बनाउनका लागि ५ लाख र सञ्चालन खर्चका लागि ५ लाख सहयोग गरेको हो । कलेजमा अध्ययन गर्ने…

स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि ३ कर्मचारी पक्राउ

प्रशासनले छानबिन गरी प्रमाणसहित कारबाहीका लागि पठाएको करिब दुई महिनापछि तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका…

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणका लागि करिव १४ वर्ष ४ महिना अघि स्काई–अजम्बर–शिवराम…

भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय

२ करोड ५८ लाख रुपैयाँ खर्चेर बनाइएको भवनमा आँगन, भित्री व्यवस्थापन र सामग्री संकलनको काम बाँकी; सञ्चालनको जिम्मेवारी कसले लिने भन्नेमा अन्योल ।

शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक

१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ। रोजगार बैंकमार्फत विशेषगरी नगरपालिकाभित्रै आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको नगर प्रमुख प्रकाश…

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

१७ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसिने समस्या नियन्त्रण गर्न सरकारले उद्योगहरूलाई कडाइ गरेको हो । छठ पर्वमा नदी किनारमा पूजा तथा अर्घ्य दिन आउने श्रद्धालुका लागि स्वच्छ वातावरण बनाउन सरकारी…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । २८ पुस २०६७ मा…

सुन्दरीजलमा दुइटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा…

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल पुरा गरेर उनी बिदा हुँदैछन् । केन्द्रमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई जनता समाजवादी पार्टी नेपालको कोटाबाट…

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५…

तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना बस्ने सोही महानगरपालिका–२३ घर भएका ३६ वर्षीय दिपु क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले…

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो । महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको…

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै फोनिजको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा…

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय…

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् । कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ । जुनीचाँदे गाउँपालिका–५ को डोग्रा…

इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलीकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।