XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान सञ्चालन गरिने

१२ मङ्सिर, सङ्खुवासभा । सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ गतेदेखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । क्षयरोगका…

नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

१२ मंसिर, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई…

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउ : नागरिक अभियान

११ मंसिर, काठमाडौं । स्थानीय तहको आउँदो निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण माग गर्दै ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ। शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलनमार्फत अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको हो । अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय सरकारमा राजनीतिक…

‘हुंकार हुलाकी यात्रा’ सप्तरीबाट सुरु

हुंकार मधेशले आफ्ना २३ सूत्रीय माग यसअघि नै प्रधानमन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ । ती माग र नागरिकका वास्तविक समस्या पहिचान गर्ने उद्देश्यले हुलाकी यात्रा सुरु गरिएको हो ।

देउवा समूहले महाधिवेशनका लागि तोक्यो पाँच समिति संयोजक

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ । मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका…

सप्तरीमा एक हजार २६ मतदाता थपिए

११ मंसिर, सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता थिए । त्यसपछिका नौ महिनामा मतदाता थपिएपछि चार लाख ४७…

ढोरपाटन उपत्यका पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्

प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत पुर्‍याएको हो ।

पूर्वमाओवादी सांसद दिलिप साहका छोरा पक्राउ

११ मंसिर, सिरहा । ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्। सिरहा मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई ६ मंसिर राति ९:५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।…

रेसुङ्गा सभाहल निर्माण अन्तिम चरणमा

११ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि खड्किँदै आएको ठूला सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव अब हट्ने भएको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माण भइरहेको आधुनिक सुविधासम्पन्न सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई तले संरचनामा निर्माण भइरहेको सभाहलको हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको…

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ : भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

११ मंसिर, खोटाङ । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धारलगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो । देश/विदेशमा रहेका किराती तथा गैरकिरातीबाट सङ्कलन गरिएको करिब रु…

शौचालयको फोहोरबाट कम्पोस्ट मल उत्पादन, संरक्षण खोज्दै उद्यमी

दैनिक ३२ हजार लिटर दिसाजन्य फोहोर व्यवस्थापन गरी मासिक १० टन प्रांगारिक मल उत्पादन गरिरहेको यो प्रशोधन प्लान्ट देशका विभिन्न पालिकाका लागि अध्ययन केन्द्र बन्दै गएको छ ।

पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, म्याद थप गर्न अदालत लगिंदै

स्रोतले दिएको जानकारी अनुसार, उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ ।

इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद

१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको…

रामायण सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म

रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । फिल्मले २१ दिनमा विश्वभर १ हजार ७५५ करोड ६० लाख रुपैयाँ कमाएको छ । यससँगै फिल्मले कमाइको मामिलामा ‘पुष्पा २’ लाई पछाडि छाडेको छ । फिल्मले बुधबार भारतमा १५ हजार ७00 शोबाट ९ करोड ६० लाख रुपैयाँ कमाएको छ…

भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

१० मंसिर, नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्युरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै यस क्षेत्रका बिरामीहरूले अब न्युरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। अस्पतालको ६ नं. ओ.पी.डी. (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको…

देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ

देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले श्रेष्ठलाई लिखित रूपमा प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका छन् ।

खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

‎प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले पाउने त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण हुन सकेको छैन ।

बैतडी अदालतको निवासमा प्रहरी जवान मृत फेला

९ मंसिर, धनगढी । बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक रायले अदालतभित्र ब्यारेकमा कार्यरत रहेका पार्की आफ्नै सुत्ने निवासमा मृत भेटिएको बताए । उनकाअनुसार उनी भित्रबाट चुकुल लगाएको…

धनुषामा ट्याक्टरले किचेर बालकको मृत्यु

९ मंसिर, काठमाडौं । धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको…

तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक

९ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन । प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान…

पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला

९ मंसिर, पाल्पा । नेपालमै अनौठो धार्मिक परम्पराका रूपमा परिचित पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न भएको छ । कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ भक्तजन सहभागी भएका थिए । कान नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।…

रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास

९ मंसिर,रोल्पा । शहीद मार्ग अन्तर्गत दुईखोली,चुनबाङ खण्डमा पर्ने रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले जग्गाको समस्या र विभिन्न प्राविधिक कारणले समयमै पुल बन्न नसकेको बताए । यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय…

फोहरबाट आम्दानी गर्दै भद्रपुर अस्पताल

८ मंसिर, भद्रपुर (झापा) । अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ । अस्पतालले पुन:प्रयोग गर्न मिल्ने फोहर छुट्याएर बिक्री गरी वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार…

धान खरिदमा ढिलाइ हुँदा कञ्चनपुरका किसान समस्यामा

कम्पनीले ३०० किसानलाई टोकन वितरण गरे पनि कोटा नबढेसम्म धान खरिद नगर्ने निर्णय भएपछि किसानहरू समस्यामा परेका छन् ।

आक्रमणको २५ वर्षपछि बन्यो वालिङ वडा प्रहरी कार्यालयको नयाँ भवन

८ मंसिर, स्याङ्जा । आजकै दिन अर्थात् २०५८ साल मंसिर ८ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणबाट क्षति पुगेको वडा प्रहरी कार्यालय वालिङको भवन २५ वर्षपछि पुनर्निर्माण भएको छ । आक्रमणबाट क्षति पुगेको पुरानो भवन भत्काएर सङ्घीय सरकारले नयाँ भवन निर्माण गरेको हो । आक्रमणपछि क्षतिग्रस्त भवन मर्मत गरेर प्रहरीले त्यहीँबाट सेवा दिँदै आएको…

शहीदभूमिको राई समुदायमा वाडाङ्मी पर्व सुरु

नयाँ बाली भित्र्याएको खुसीयालीमा शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायले वाढाङ्मी (पापानी) पर्व मनाउने गर्दछन् ।

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ हेरेपछि दर्शकले के भने ?

काठमाडौं । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका हुन्। दर्शकले ‘हिमालयन गोल्ड’ लाई नेपाली फिल्ममा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य,…

सुदूरपश्चिममा ८४ प्रतिशत सवारी दुर्घटनाको कारण- चालक लापरबाही

सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् ।

जुवातास खेल्ने १६ जना पक्राउ

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीमा जुवा र तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।