XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट

पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए ।

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ।

श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ ।

मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ। तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशी (धनतेरस) बाट सुरु भएको यस वर्षको दीपावली ५ दिनको साटो ६ दिनसम्म…

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले आफ्नो प्रगति अझ दयनीय रहेको पुष्टि गरेका छन् ।

पूर्वका होटलमा घटे पाहुना, अकुपेन्सी ३२ प्रतिशत

नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशका होटलको अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा सीमित रह्यो । अघिल्लो वर्ष औसत ३९.२ प्रतिशत थियो ।

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई…

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

अघिल्लो कार्यकाल पाँचै वर्ष सरकार टिकाएर कीर्तिमानी अभ्यास भएको मधेशमा यसपटक अरु प्रदेश जस्तै चरम राजनीतिक अस्थिरता देखियो ।

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

२३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण

१७ महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए ।

नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

आठ वर्षमा ३ अर्ब १९ करोड डलर जलवायु वित्त प्राप्त, ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान ।

गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोटे कुकुर: भेडाबाख्राका रक्षक, गोठालाका सारथी

जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन् ।

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ ।

अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते

पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ ।

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

जाडो छल्न किसानहरूले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका माथिल्लो क्षेत्रमा रहेका याक–चौरीका गोठ बेसी झारेका छन् ।

पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा

'पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने ।

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो । मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दशैंपछि दैनिक…

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्।

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री

केही वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गोकर्णले गाउँमै बसेर केही नयाँ गर्ने अठोटका साथ कृषि क्षेत्र रोजेका हुन् ।

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

२२ कात्तिक, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको…

लुम्बिनीले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेल हुँदैछ ।

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै

२१ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् । शुक्रबार पनि समितिको बैठक बसेको थियो । शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो । आज शनिबार जनक पाण्डेसँगै गोकर्ण डाँगीको सुनुवाइ हुँदैछ ।…

तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह

२१ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, ध्वनि प्रदूषण तथा सामाजिक विकृति न्यूनीकरण गर्न सबै नागरिक, व्यवसायी, संघसंस्था तथा सरोकारवालालाई सात बुँदे अनुरोध गरेको हो । नगरपालिकाले कानुनले…

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै तराईका गृहिणीहरू माटोका घर लिपपोत गरी चाडपर्वको स्वागतमा जुटेका छन्।