XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशनमा पूर्वसभापति प्रमुख अतिथि

दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

३० कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । बाटोघाटो, पुल,…

देउवा समूहको प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. कार्की

नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ ।

नेपाल भ्रमणमा नेपथ्य

सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदै छ । ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ गते…

शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली

३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।…

मुगु दुर्घटना : घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार

३० कात्तिक, सुर्खेत । मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७…

मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यताले अस्पताल बने पनि सबै नागरिकका लागि सेवा सहज पहुँचमा नपुगेको हो ।

शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् ।

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न…

सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी…

कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडि डिकीबाट उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा र्‍यापिङ…

प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको…

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

कञ्चनपुर बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा दमकल चालक तथा फायर फाइटरहरूका लागि ३ दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो ।…

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ । शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर…

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई,…

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो ।

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपटक…

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गृहमन्त्री…

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ ।

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको…

जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

२६ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका…

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो । उनी प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका थिए । उपचारका क्रममा नियमित घर आउजाउ गर्ने गरेका थिए । पाँच…

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला…

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली…

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएका थिए ।