XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

गण्डकीमा विपद् प्रभावित क्षेत्र अनुगमन गर्दै संसदीय विशेष समिति

समितिले बिहीबार बागलुङको बुर्तिबाङमा विपद् प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नेछ । शुक्रबार पर्वत र म्याग्दीका प्रभावित क्षेत्रको अनुगमन गरी सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ । यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ । महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ । परिपत्रअनुसार मंसिर ६…

सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक

३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ । शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको…

खर काटिरहेकी महिलाको भिरबाट लडेर मृत्यु

खड्का घर नजिकैको भिरमा खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य

२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजकले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी गराएको हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि औद्योगिक व्यापार मेला’ नारासहित आयोजना…

त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया

यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् ।

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो…

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ ।

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको खुलेको छ। परिवारका अनुसार महेन्द्र भाइटीकाको…

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ। विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो। राष्ट्रिय शिक्षा नीति, २०७६ को…

तारकेश्‍वरस्थित एक घरमा चोरी

२ मंसिर,काठमाडौं । तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै…

रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

१ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा…

खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग

२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो । कुनै समय गोरुले खेत जोत्ने र मानिसको सहायताले धान झाट्ने चलन सामान्य थियो । अहिले खेतीपातीका काममा आधुनिक मेसिनको प्रयोग विस्तार…

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि…

सत्तालिप्साको लहरो सर्‍यो मधेशतिर

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित हुनुपर्ने बताएका छन् । मंगलबार सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिसिफ) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल–भारत…

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ ।

च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । एमालेले गर्न लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल गर्नका लागि आजको बैठक बसेको हो । एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी…

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

१ मंसिर, बिर्तामोड । विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ । सामाजिक सेवाका क्षेत्रमा सक्रिय केजीएफले आफ्नो भोजन अभियानलाई निरन्तरता दिन तथा सामाजिक सेवाका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले आगामी ५ मंसिर शनिबार बितामोडस्थित न्युटन स्कुलअगाडि सांगीतिक कार्यक्रम गर्न लागेको हो ।…

अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर

१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादह क्षेत्रमा यो चरा भेटिनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ ।…

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । आगलागीका बेला गोठमा बाँधिएको भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी…

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६…

ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने,…

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै, ओझेलमा परेको तर नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब…

खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान,४० वर्षीया सकुन्तला पासवान र १८ वर्षीय करण पासवान रहेका छन् । सोमबार राति पौने ८ बजेको समयमा…

२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर

१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै वसन्त बितिसकेका छन् । जीवनसाथीको साथ छुटेको छ । जेठो छोरो परिवारसहित झापा बस्न थालेपछि उनी घरमा एक्लै छन् । तर, हराएको कान्छो छोरो एक दिन अवश्य फर्किनेछ भन्ने आशा भने…

१० करोड लगानीको कान्ति ताल बेवारिसे, संरक्षण अभावमा भत्किँदै संरचना

उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।

मधेशमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग

गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ महिनाभित्र लोकतान्त्रिक पर्यटन व्यवसायी संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको छ।