XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

प्रदेश समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो । शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार विद्यालयलाई दिइने…

गगन थापाले भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् । थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ । त्यसपछि नुवाकोट फर्केर ढुङ्गे र…

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो

६ मंसिर, सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्यांकअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो । प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८०…

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज…

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल…

धो गाउँ : इतिहास, संस्कृति र व्यापारको साक्षी

भौगोलिक विकटताका कारण लामो समय राज्यका सेवा, सुविधा र पूर्वाधारबाट वञ्चित यस गाउँमा अहिले विकासका नयाँ सम्भावना देखिन थालेका छन्, स्थानीय समाजसेवी ग्याल्पो भोटे भन्छन् ।

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

५ मङ्सि, सुनसरी । जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा…

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

‘सरकारी कार्यालयमा बिचौलियको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ । यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ,’ मन्त्री वाग्लेले भने ।

संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग

४ मंसिर, जनकपुरधाम । जसपा नेपालले मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम सरकारको दाबी पेशको लागि आह्वान गर्न दबाब दिन जान लागेका छन् । तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । प्रदेश…

स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री गाउँ–गाउँ पुग्न नसक्ने बताउँदै उनले राज्यको प्रतिनिधिको रूपमा स्थानीय तहका प्रतिनिधि जनताका घरघर पुग्नुपर्ने बताए ।

महोत्तरीमा एक महिलाको शव फेला, अनुसन्धानमा कुकुर परिचालन

४ मंसिर, काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए । उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा…

बूढानीलकण्ठको नारायणस्थानमा भक्तजनको भिड (तस्वीरहरू)

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।

राम्रो मूल्य र बजार मागले गुल्मीका किसान किवी खेतीतर्फ आकर्षित

कृषि ज्ञान केन्द्रका अनुसार गुल्मीका १२ वटै स्थानीय तहमा किवी खेती विस्तार गर्न सकिने सम्भावना छ।

धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद

४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ र १६ वटा ठूलो कौडा बरामद गरेको छ । महालक्ष्मी नगरपालिका-४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो । प्रहरी…

घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ। बिहीबार विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर नहर क्षेत्रमा प्रहरीले छापा मारेको हो । अवैध रूपमा घरेलु मदिरा उत्पादन गरिरहेका तीनवटा भट्टी…

चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा

४ मंसिर, स्याङ्जा । हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिकासहित मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय र सार्वजनिक संघसंस्था बन्द रहने भएका छन् । नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)का अनुसार आज स्थानीय बिदा दिने निर्णय गरिएको हो । स्याङ्जाका ११ स्थानीय तहमध्ये…

धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार १०…

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

४ मंसिर, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २,…

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ । यो समस्या मानव स्वास्थ्यमा मात्र सीमित नभई पशु स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्रबीच…

मधेश सरकार गठनमा अन्योल, दाबी पेस गर्न एक दिन मात्र बाँकी

प्रदेश प्रमुखले दिएको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय घर्किंदै जाँदा मधेशमा नयाँ सरकार गठनको अन्योल बढ्दै गएको छ ।

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ ।

मंसिर ८ र ९ गते धनकुटा नगरपालिकामा बिदा

धनकुटा नगरपालिकाले आठपहरिया जातिको महान् चाड बढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् । ‘हरेक दिन…

मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन ।

काठमाडौंबाट धनुषाका एक किशोर बेपत्ता

सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि अपिल गरेका छन् ।

देउवा समूहको तरुण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ । केन्द्रीय अध्यक्ष दिल लामाले श्रेष्ठलाई काठमाडौं जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनीत पत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी प्रदान गरिएको उल्लेख छ । पत्रमा आगामी…

फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन

३ मंसिर, सप्तरी । सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । ‎ ‎नियमित रूपमा फोहोर नउठाउँदा सडक दुर्गन्धित बनेको तथा पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा पसल राख्न दिँदा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका…