XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

विचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

अर्थमन्त्री, भारत र राष्ट्रवाद

के साँच्चै नेपालमा ‘भारतविरोधी राष्ट्रवाद’ थियो ? थियो भने त्यसको बीजारोपण कसरी भयो र त्यसको अन्त्य कहिले भयो ? इतिहासका तथ्यहरू पल्टाएर हेर्ने हो भने अर्थमन्त्रीको भनाइ कति सत्य, कति अर्धसत्य ?

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको जलवायु प्रतिबद्धतालाई व्यवहारमा उतार्न नेपालले आफ्नो मौसम विज्ञानको संस्थागत क्षमता, वैज्ञानिक अवलोकन र पूर्वसूचना प्रणालीलाई सबल बनाउनुपर्छ । मौसम विज्ञानलाई परम्परागत दैनिक वर्षाको पूर्वानुमानमा मात्र सीमित राखेर बुझ्नु पर्याप्त हुँदैन।

हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ

बाढीपहिरोको क्षति सम्बोधन गर्न नेपालले २ करोड अमेरिकी डलर सहायता पाउने निर्णय अन्तर्राष्ट्रिय जलवायु कूटनीतिमा एउटा ऐतिहासिक नजिर त हो; तर ११ खर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको नेपालका लागि यो रकम हात्तीको मुखमा जिरा जस्तै छ।

नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली

हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा त सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थाहरूलाई पनि आपसमा जोड्दै छौँ ? अबको बहस कुन सफ्टवेयर राम्रो भन्ने होइन, विभिन्न प्रणालीलाई कसरी सुरक्षित रूपमा जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ।

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

पछिल्ला घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ- नेपालको राज्यसत्ता जननिर्वाचित प्रतिनिधिहरूले सञ्चालन गरिरहेका छन् कि पर्दापछाडि सक्रिय बिचौलिया, आर्थिक स्वार्थ समूह, तस्कर र माफियाको प्रभावमा चलिरहेको छ ?

गगन-विश्वको अग्निपरीक्षा

गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ ।

जन्म दर्ता प्रमाणपत्रमा अड्किएको बाल अधिकार

जन्म दर्ता नभएका बालबालिकालाई पहिचान र सामाजिक सुरक्षाबाट बाहिर राखेर भत्ता वृद्धिलाई मात्रै उपलब्धि मान्न सकिँदैन । राज्यको परीक्षा भत्ता कति बढ्यो भन्नेमा होइन, अधिकारबाट छुटेका बालबालिकालाई कसरी समेट्छ भन्नेमा हुन्छ ।

असहज प्रश्न र सत्तासँगको दूरीको कसीमा सार्वजनिक बौद्धिक

सामाजिक परिवर्तनका लागि केवल सरकार बदल्नु मात्र पर्याप्त हुँदैन। समाजले सामान्य ठान्दै आएको व्यवहार बदल्नुपर्छ। यहींनिर सार्वजनिक बौद्धिकको भूमिका निर्णायक हुन्छ। उसले अदृश्य संरचनालाई दृश्य बनाउने काम गर्नुपर्छ। सत्ता र सरकारसँग असहज प्रश्न गर्नुपर्छ- चाहे त्यो सत्ता आफूले अभ्यास गरेको होस् या अरू कसैले ?

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार

लोकतन्त्रको वास्तविक शक्ति नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ। बालेन नेतृत्वको वर्तमान सरकारले प्रदर्शन गरिरहेको कार्यशैलीले नागरिक र प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने सङ्केत गरेको छ।

न्यायालयको मर्यादा र न्यायाधीशको चरित्र : बिचौलियाको ढोकाबाट विगतमा कति छिरे अन्याय ?

न्यायाधीश हुनु एउटा जागिर वा राज्यको उच्च ओहोदा मात्र होइन; यो त समाजमा सत्य र न्यायको अन्तिम प्रत्याभूति दिने एक नैतिक सन्तको भूमिका हो। बिचौलियाहरू न्यायको मन्दिरमा त्यसै पस्दैनन्, जबसम्म मन्दिरभित्रका पुजारीहरूले नै गर्भगृहको साँचो उनीहरूलाई सुम्पिँदैनन्।

के यो भयको शासनको संकेत हो ?

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट रोक्ने पहल गरुन् ।

क्रिकेट मैदानमा भेटिएको नेपाल

एनपीएल खेलको उत्सव मात्र होइन; यो भौगोलिक सीमा, जातीय विविधता र क्षेत्रीय भिन्नतालाई तोड्दै नेपालीलाई एउटै साझा मञ्चमा उभ्याउने शक्तिशाली सेतु बन्न पुगेको छ। कर्णालीको पक्षबाट मधेसका खेलाडीले विकेट लिँदा होस् वा सुदूरपश्चिमका खेलाडीले विराटनगरका लागि छक्का प्रहार गर्दा, दर्शकदीर्घाबाट गुञ्जिने तालीले यही भन्छ ।

आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्

आरोपित पदाधिकारीउपर छानबिन गर्न सरकार नै पर्याप्त हुन्छ। तर छानबिनको प्रतिवेदन नआएसम्म त्यस्ता पदाधिकारीहरूलाई आफ्नो पदमा रहेर काम गर्ने अवस्थामा राखिनु हुँदैन; तत्काल निलम्बन गर्नुपर्छ।

विदेशबाट नेपाल फर्किने सोच कसरी अभियान बन्यो ?

विदेश पुगेपछि धेरैले स्वदेश फर्किने प्रण त गर्छन्, तर समयसँगै त्यो प्रतिबद्धता धुमिल हुँदै जान्छ। यही विषयलाई मध्यनजर गर्दै सन् २०१८ मा सुरु भएको ‘नेपाल फर्कौँ महाअभियान’ ले अहिले विश्वभर छरिएका हजारौँ नेपालीलाई एउटै सञ्जालमा जोडेको छ।

माननीयको कालो ज्याकेट

त्यो ज्याकेट अहिले कहाँ छ, मलाई थाहा छैन। समयसँगै पुरानो भयो कि अरू कसैको उपयोगमा गयो, त्यो पनि थाहा छैन। तर सम्झना भने अझै मसँग सुरक्षित छ।

एसियाली शताब्दीको सङ्घारमा नेपाल

बदलिँदो विश्व व्यवस्था र एसियाली उदयको यो महत्त्वपूर्ण मोडमा नेपालले कुनै पनि विदेशी शक्तिको प्रभाव वा दबाबमा नपरी आफ्नै स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्नुपर्छ। न त भारतको विरोधमा न त चीनको विरोधमा, तर दुवैसँगको घनिष्ठ, सुमधुर र समदूरीको सहकार्य नै नेपालको समृद्धि र प्रगतिको अचूक बाटो हो।

बिग ब्रदरले डोर्‍याउने नेपाली कांग्रेस

लामो समयसम्म कांग्रेसको नेतृत्व र राजकीय भूमिकामा पनि रहेका नेताहरू अर्को कित्तामा छन्। उनीहरूको पनि कांग्रेसभित्र ठूलो लगानी छ। त्यसैले सर्वोच्च अदालतको निर्णय आइसकेपछि त्यसलाई सम्हालेर, सबैलाई समेटेर अघि बढ्नुपर्ने चुनौती अहिलेको नेतृत्वलाई छ।

सौन्दर्यको नयाँ दृष्टि

साहित्य समाजको ऐना मात्र होइन, समाजलाई हेर्ने दृष्टि पनि हो। नेपाली साहित्यमा दलित जीवन र जातीय विभेदका विषयले प्रवेश पाए पनि लामो समयसम्म दलित समुदाय स्वयम् आफ्नो जीवनको कथाकार बन्ने अवसरबाट वञ्चित रह्यो।

सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक सर्त हो ।

राजधानी बनेपछि पनि जनता किन भौँतारिँदै छन् ?

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी तोकिएपछि स्थानीय बासिन्दामा विकास र समृद्धिका नयाँ सपना पलाएका थिए । राजधानीका लागि भौतिक संरचना निर्माण भइरहँदा नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत प्रश्न अनुत्तरित नै छन् ।

सानेपा जित्यौ, अब संगठन जोगाउनेहरूको दिल जित

इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ। कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना संगठन जोगाए। नयाँ नेतृत्वले उनीहरूको अनुभव र योगदानलाई संगठनको सामर्थ्यमा बदल्न सक्नुपर्छ।

सरकार र प्रमुख प्रतिपक्षबाट बाहिरिएका वामपन्थीहरूले सिक्नुपर्ने पाठ

नेपालका वामपन्थीहरूले निकट इतिहासबाट अनिवार्य रूपमा नसिक्ने हो भने दण्डित हुन तयार हुनुको विकल्प छैन। के नेपालको वामपन्थी आन्दोलन फेरि पुनर्जागरण हुन सक्ला ? के चुँडिँदै गएको जनताको विश्वासको धागो फेरि जोडिन सक्ला ?

अर्थमन्त्रीले भारतीय भूमिमा चलाएको राष्ट्रवादको बहस

नेपाली राजनीतिको व्याकरण स्पष्ट छ । नेपालको राष्ट्रवाद वासिङटन, हार्वर्ड वा दिल्लीका कर्पाेरेट प्रयोगशालामा तयार पारिने कुनै सफ्टवेयर होइन । यो कालापानी, लिम्पियाधुरा र हाम्रा नदीनालाको जैविक सुरक्षासँग जोडिएको देशको सार्वभौम अस्तित्व हो ।

जब च्याटजीपीटीले मेरो हात हेर्‍यो

केही समयअघि मैले च्याटजीपीटीलाई मेरो हातको तस्बिर पठाएर हस्तरेखा हेर्न भनेँ। यस घटनाले मलाई नेपाली समाजमा विद्यमान भाग्य, भविष्य र कर्मप्रतिको विरोधाभासपूर्ण सोचमाथि गम्भीर प्रश्न उठाउन प्रेरित गर्‍यो। हामी कर्मभन्दा भाग्यमाथि किन यति धेरै भरोसा गर्छौँ ?’

समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह

समृद्ध मुलुकहरूमा पछिल्ला आन्दोलनका मुद्दा फरक देखिए पनि तिनको एउटै प्रश्न छ- राज्य कति न्यायपूर्ण, उत्तरदायी र विश्वसनीय छ ? आन्दोलनहरू आर्थिक अभाव वा जीवनयापनको सङ्कटमा मात्र सीमित छैनन्; ती अधिकार, समानता, सम्मान र संस्थागत विश्वासको प्रश्नसँग जोडिएका छन्।

युरोपका सडकमा वर्ग संघर्ष

यतिबेला फ्रान्सको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ११९ प्रतिशत पुगेको र जसको ब्याज तिर्न अर्बौं युरो छुट्याउनुपर्छ । युरोपको दोस्रो ठूलो अर्थतन्त्र स्वयं युरोपेली मापदण्ड विपरीत ऋणमा फस्दै गएको छ । सार्वजनिक खर्च घटाएर ऋण तिर्ने सरकारको नीतिले वर्गीय खाडल र असमानता बढाइदिएको छ ।

गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म

नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन । 'विदेश जाने' भन्नाले रोजगारी, अध्ययन, व्यापार, सैनिक सेवा, धार्मिक यात्रा वा स्थायी बसाइँसराइमध्ये कुनलाई बुझ्ने भन्ने आधारमा यसको इतिहास फरक–फरक देखिन्छ। ‎नेपालीहरूको विदेश यात्रा आजको पुस्ताबाट सुरु भएको होइन । लिच्छवि र मल्लकालदेखि नै नेपालका मानिसहरू भारत, तिब्बत र हिमालयपारिका भू-भागसँग व्यापार, धार्मिक यात्रा…

कांग्रेसले नागरिकलाई अपिल गर्ने सन्देश छाड्न किन सकेन ?

कांग्रेस, एमाले, नेकपाजस्ता राजनीतिक शक्तिहरूले चाहिँ अहिले पनि संगठनको बललाई नै जोड दिँदै आएका छन् । सायद, विगतमा उनीहरूले आर्जन गरेको शक्ति त्यही संगठनकै बलमा भएका कारण हुन सक्छ, उनीहरू अहिले पनि त्यही परम्परागत ढर्राबाट बाहिर निस्किन सकेका छैनन् ।

रैथाने इन्जिनियरिङको नमुना : बर्धान गाउँको २४ पिर्के पिङ

नेपाली समाजमा दशैँ–तिहारको पर्याय मानिने परम्परागत काठे पिङहरू लोप हुँदै गएका छन्। तर, लमजुङको हाँडीखोला, बर्धान गाउँका बासिन्दाले मौलिक सीप र सामूहिक एकताको नमुना प्रस्तुत गर्दै २४ पिर्के पिङ निर्माण गरेका छन्।